बालेनसँगको फोटो राख्दै कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ

207
0
Share:

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच आइतबार साँझ भेटवार्ता भएको छ।
दुई जनाको भेट भएको तस्बिर कुलमानले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनले तस्बिर राखेर भनेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’

हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको थियो। कुलमानको संरक्षणमा दर्ता भएको उज्यालो नेपाल पार्टी पनि एकताका लागि रास्वपासँग निरन्तर संवादमा छ।

यसै सन्दर्भमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: