पोखरामा अन्तर्राष्ट्रिय टेनिस महोत्सव : १६ देशका ८० खेलाडी सहभागी हुने

Share:

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा भोलिदेखि सुरु हुने आईटीएफ वर्ल्ड टेनिस टुर सर्किट १ र २ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले प्रतियोगिताको ८औँ संस्करण भव्य रूपमा गर्न आवश्यक सबै तयारी सकिएको जानकारी गराएको हो।

१६ देशका ८० खेलाडी पोखरामा

पहिलो सर्किटमा १६ देशका ५५ ब्वाइज र २५ गल्र्स, गरी ८० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सचिव भिष्मराज पौडेलले पोखराले करिब २ सय खेलाडी, अभिभावक र प्रशिक्षकको आतिथ्यता गर्न पाउनु ठूलो अवसर भएको बताए। नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायललगायतका खेलाडी पोखरा आउनेछन्।

प्रतियोगिताले स्थानीय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका निवर्तमान अध्यक्ष लोकबहादुर गुरुङले बताए । उनले भने, “यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं ।”

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै, डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स/महिला सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा विजेता तथा उप-विजेताले प्रमाण-पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार प्रतियोगितामा ब्वाइजतर्फ जुनियर वरियताका प्रणव मानन्धर (१७६९), आयुष्मान हजुर घले (२२२२), सक्षम विक्रम शाह (३२५६), राज वीर प्रधान (३७००) र बरियताका तथा गल्र्सतर्फ सुनिता थापा (१२८४), शिवाली गुरुङ (१३६७), स्वस्तिका विष्ट (३२९९) वरियताका नेपाली खेलाडीहरुको सहभागिता रहेको छ ।

वाइल्डकार्डमार्फत दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको समेत सहभागिता रहनेछ । त्यस्तै, प्रतियोगितामा नं.१ ताइपेइका वल्र्ड र्याकिब टिब–हो याब (१०७७) र नेपाल नं १- सुनिरा थापा (१२८४) को सहभागिता हुनेछ । टुर्नामेन्ट डाइरेक्टर विष्टले प्रतियोगिताका लागि दुई भारतीय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिए ।

उनले आगामी वर्षबाट वल्र्ड टेनिसले नियममा केही सुधार गर्दै अघि बढेको बताउँदै कोर्टको संख्या नबढ्दा खेलाडीको संख्यामा कमि आउने जनाए । नेपाल टेनिसका सचिव समेत रहेका उनले भने, “अब प्रतियोगिता नयाँ फर्मयाट जाँदै छ । अब खेलाडीहरुको सख्या बढाउन पूर्वाधार समेत बढाउनु पर्छ । यसका लागि राज्यको ध्यान जान आवश्यक छ ।”

प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको संघका द्वितिय उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु) ले पोखरालाई खेलकुद मार्फत प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा रहे पनि पूर्वाधारको अभाव रहेको उनको भनाई थियो । उनले भने, “हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”

कमेन्ट गर्नुहोस्
Share: