दशैं महोत्सव तथा फुड फेष्टिबलको तयारी पूरा

Share:

पोखरा, २१ असोज ।
सिटी रेवानले पोखरामा आयोजना गर्न लागेको चौथो सिटी रेवान दशै महोत्सव तथा फुड फेष्टिबलको तयारी पूरा भएको छ ।
महोत्सव स्थलको व्यवस्थापन, स्ट्रल बुकिङ, प्रचार प्रसार लगायतका सम्पूर्ण तयारी पूरा भएको महासचिव एवं प्रचार संयोजक दिपक तिमिल्सिनाले जानकारी दिए ।
पोखरा रङ्शालामा असोज २२ गते शुक्रबारदेखि शुरु हुने महोत्सव कात्तिक २ गतेसम्म चल्ने छ ।
महोत्सव उद्घाटनपूर्व बाजागाजा र झाँकी सहितको ¥याली निकालिने छ। पोखराको मानव अधिकार चोकबाट शुरु हुने ¥याली नयाँबजार, पृथ्वीचोकहुदै रङ्गशालामा पुगेर उद्घाटन समारोहमा परिणत हुने छ। सिटी रेवानले महोत्सवमा सहभागि भएर सफल बनाउन सवैलाई आग्रह गरेको छ ।
पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवको आकर्षणमा लोक दोहोरी गित प्रतियोगिता, ढिंडो खाने प्रतियोगिता, पप कन्सर्ट, चर्चित कलाकारको प्रस्तुती, एकल महिला नृत्य प्रतियोगिता, रत्यौली गित प्रतियोगिता, रेवान तारा बाल नृत्य प्रतियोगिता, बाल उद्यान र दशै उपभोग्य बस्तुहरुको प्रदर्शनी रहने छ ।
महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख ८८ हजार खर्च लाग्ने र ४१ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
महोत्सवमा एक सय ८० स्ट्रल रहने छन्। व्यवसाय प्रयोजनका एक सय ५०, रेष्टुरेण्टका १०, सामाजिक सङ्घ÷संस्था, सुुरक्षा, स्वास्थ्यका २० स्ट्रल रहने छन् ।

कमेन्ट गर्नुहोस्
Share: