आज देशभरको मौसम कस्तो रहला ?

203
0
Share:

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: