एन प्याब्सन कास्कीको बृहत बाल प्रतिभा महोत्सव सम्पन्न: क्रिकेटमा कास्की मोडर्नाइज्ड र फुटसलमा न्यु ग्यालेक्सी च्याम्पियन

Share:

पोखरा । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले आयोजना गरेको ‘दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता-२०८२’ भव्य रूपमा सम्पन्न भएको छ । ४३ विद्यालयका करिब १ हजार ५ सय विद्यार्थीको उत्साहजनक सहभागिता रहेको उक्त महोत्सवमा खेलकुद र विभिन्न शैक्षिक विधाहरूमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिता अन्तर्गत क्रिकेटको उपाधि कास्की मोडर्नाइज्ड एकेडेमीले जितेको छ । फाइनल खेलमा त्रिवेणी पब्लिक माविलाई १९ रनले पराजित गर्दै कास्की मोडर्नाइज्डले उपाधि चुमेको हो । यस विधामा नेसनल क्रियसन र ज्ञानज्योति विद्याकुञ्ज तृतीय भए ।

यस्तै, कक्षा ११ र १२ स्तरीय फुटसल प्रतियोगिताको उपाधि न्यु ग्यालेक्सी माविले जितेको छ । फाइनलमा अक्सफोर्ड स्कुललाई ३-१ गोल अन्तरले हराउँदै न्यु ग्यालेक्सी च्याम्पियन बनेको हो । कास्की मोडर्नाइज्ड र रत्नज्योति माविले तेस्रो स्थान हासिल गरे ।

विद्यार्थीहरूको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यले आयोजित महोत्सवमा गायन, नृत्य, चित्रकला, र हस्तकला जस्ता विधाहरू समावेश थिए ।

चित्रकलामा साइनिङ स्टारकी अन्शु पाण्डे प्रथम, हस्तकलामा (पातबाट बनेका)  ज्ञानज्योतिका युगमाया विश्वकर्मा र सोफिया पुन प्रथम,
हस्तकलामा (पराल/छ्वाली) सनराइज प्रिपाराटोरीका श्रद्धा दाहाल र रस्मि देवकोटा तथा गोर्खा इङ्लिसका जयस्मिन दुरा र अनुजा पुन प्रथम,
हस्तकलामा (चोया): गोर्खा इङ्लिसका मञ्जील पुन र असल पुन प्रथम, विज्ञान तथा प्रविधिमा गोर्खा इङ्लिसका दिया राना र आरभ थापा प्रथम,
कविता वाचनमा हेम्जा बोर्डिङकी सोनिका तिम्सीना प्रथम,अंग्रेजी वक्तृत्वकलामा कास्की मोडर्नाइज्डकी प्रेरणा गुरुङ प्रथम, एकल अभिनयमाअक्सफोर्डका करण बि.क. प्रथम तथा एकल गायनमा बड्स एकेडेमीका दीपलक्ष्य सुनार प्रथम भएका छन् ।

सामूहिक लोकनृत्यमा ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले एन प्याब्सनले विद्यार्थीको प्रतिभा पहिचानमा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विजयी विद्यार्थी तथा विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: