उज्यालो पार्टीबाट सांसद बन्न गण्डकीका १६ जनाले टिपाए नाम

Share:

पोखरा । कुलमान घिसिङकाे संरक्षणमा गठित उज्यालो नेपाल पार्टीबाट समानुपातिक सांसद बन्न गण्डकी प्रदेशबाट १६ जनाले आफ्नो नाम टिपाएका छन् । पार्टीले सार्वजनिक रूपमा गरेको आह्वानमा उनीहरुले आफ्नो नाम समानुपातिक सांसदका लागि टिपाएका हुन् ।

तर, सबै परिचित नभएका कारण बैठक राखेर छलफलबाट मात्रै नाम टुङ्गो लगाइने प्रदेश संयोजक मनराज गुरुङले जानकारी दिए ।

‘नामहरू आएको छ । सबै पात्र चिनिएका छैनन् । भेटघाट गरेर आन्तरिक छलफल पछि मात्रै नाम टुङ्गो लाग्छ,’ उनले भने, ‘पार्टीले सबैको पुलिस रिपोर्ट अनिवार्य पेस गर्न भनेको छ । फौजदारी अभियोगमा नलागेका व्यक्ति मात्रै हामी छनोट गर्छौँ ।’ गुरुङका अनुसार उम्मेदवार आकाङ्क्षीमध्ये कास्कीकै बढी छन् ।

पोखरामा आइतबार भएको भेलाले पुस महिनाभित्र ११ वटै जिल्लाको तदर्थ समिति गठन गर्ने र पालिका संयोजक तोकिसक्ने निर्णय गरेको छ । यसका लागि पार्टीमा आबद्ध हुन र सम्पर्क गर्न पनि अपिल गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: