देउवा भेट्न ओली महाराजगञ्जमा

Share:

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमवार फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन्।

महाराजगञ्जस्थित देउवा निवासमा आज भेटवार्ता भएको हो।

ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन्।  भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन्। यसअघि ओलीले गरेको भेटपछि शेरबहादुर देउवा संसद पुन:स्थापनका लागि सर्वोच्चमा रिट लैजान तयार भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: