जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीचको पहिलो छलफल

Share:

 

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीचको यो पहिलो छलफल हो।

 

राष्ट्रपति निवास शीतलनिवासमा सुरु भएकाे छलफलमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

कमेन्ट गर्नुहोस्
Share: