आईएसका शीर्ष नेताहरुको बैठकस्थलमै हवाई आक्रमण

Share:

बग्दाद, असोज २५ । इराकमा भएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस)का आठ जना नेता मारिएका छन् ।

इराकको पश्चिमी क्षेत्रको एक शहरमा बैठकमा बसिरहेको समयमा इराकी सेनाले गरेको हवाई आक्रमणमा आईएसका उच्च नेता मारिएका हुन् । बैठकमा आईएसका सर्वोच्च नेता अबु बकर अल बग्दादीसहितका नेता सहभागी भएको इराकी सेनाले दाबी गरेको छ ।

आक्रमणमा परी बग्दादी घाइते भएको वा मारिएको हुन सक्ने इराकी सेनाले जनाएको छ । आईएसले भने बग्दादी मारिएको भन्ने खबर हल्ला मात्रै भएको जनाएको छ ।

इराकी सेनाले दुईवटा भवनमा आक्रमण गरेको र त्यस क्रममा आठ जना आईएस नेता मारिएको स्थानीय प्रत्यक्षदर्शी र अस्पतालका अधिकारीले बताएका हुन् ।

आईएसका सर्वोच्च नेता बग्दादी आक्रमणमा घाइते भएको र गाडीमा राखेर अयन्त्र लगिएको उनीहरुले बताएका छन् । इराकमा रहेको अमेरिकी सेना र इराकी सेनाले भने बग्दादीको स्वास्थ्य अवस्थाबारे वास्तविक जानकारी नभएको जनाएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: