पोखरामा २२औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस सुरु

Share:

पोखरा । पोखरामा २२औँ संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक लिमिटेड का अध्यक्ष रोशन केसी ले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारी लाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पोखराले टेनिस खेलमा हासिल गरेको निरन्तर सफलता अन्य खेल संघका लागि पनि अनुकरणीय उदाहरण भएको बताए।

उनले पोखरेली खेलकर्मीहरूको एकता र साझा प्रयासकै कारण पोखरा रंगशालाभित्र उल्लेखनीय भौतिक विकास सम्भव भएको उल्लेख गरे। साथै प्रतियोगिताको निरन्तरताका लागि आगामी वर्षहरूमा पनि बैंकले साथ दिने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन समारोहमा आयोजक संघका प्रथम उपाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक नविन चालिसेले प्रतियोगिताको उद्देश्य, सहभागिता र व्यवस्थापनबारे प्रकाश पारे। कार्यक्रमको सञ्चालन महासचिव भिष्मराज पौडेलले गरेका थिए। संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङ ले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै सहयोगीदाता र सरोकारवालाप्रति आभार व्यक्त गरे।

उद्घाटन दिनका खेल परिणाम

प्रतियोगिताको पहिलो दिन मेन्स सिंगल्स तर्फ
करन बहादुर थापाले शाश्वत बज्राचार्यलाई,
सन्दिप विकले प्रफुल्ल श्रेष्ठलाई,
जेयुन किमले पेमा नोर्बुलाई,
प्रितम परियारले उमिद शेर्पालाई,
सुरेन्द्र विकले अन्जोअ थिङलाई,
बिवेक मगरले देव आशिषलाई पराजित गरे।

यसैगरी आशव सम्राट हाडाले सुमन थारुलाई,
दर्शिल श्रेष्ठले निश्चल कायस्थलाई,
उगेन शेर्पाले मनोज महर्जनलाई,
प्रकाश गुरुङले सुमन त्रिपाठीलाई,
सोमज श्रेष्ठले पासाङ शेर्पालाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे।

४५ वर्षमाथि मेन्स सिंगल्स तर्फ
शरण गुरुङले बलराम सापकोटालाई,
निरज थापाले नारायण पहारीलाई,
भिष्मराज पौडेलले सुनिल श्रेष्ठलाई,
सेजार गुरुङले विकास गुरुङलाई पराजित गरे।

४५ वर्षमाथि डबल्स तर्फ
गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले
केवी तामाङ र विरेन लामाको जोडीलाई पराजित गर्‍यो।

५५ वर्षमाथि सिंगल्स तर्फ
जितेन्द्र प्रधानले हेमचन्द्र गुरुङलाई,
करिमुल्ला मुस्लिमले नवाङ लामालाई,
जितेन्द्र खड्काले सुरेन्द्र माकाजुलाई पराजित गरे।

५५ वर्षमाथि डबल्स तर्फ
अनु जोन र मनु त्रिपाठीको जोडीले
प्रकाश बस्नेत र मनोज नेपालको जोडीलाई,
देव क्षेत्री र हिमाल शाहको जोडीले
यज्ञबहादुर भण्डारी र अमृत गुरुङको जोडीलाई पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: