
विग न्यूज
पोखरा, २७ असोज | दशैँको अवसर पारेर विग एफएमले रेडियो गेम शो ‘महा–आजिजा’ शुरु गरेको छ । रेडियो गेम शो ‘महा–आजिजा’मा सहभागी भएर स्रोताहरुले ५ हजारदेखि २० हजार रुपैयाँ सम्म जित्न सक्ने एफएमले जनाएको छ ।
यो पटकको ‘महा–आजिजा’लाई विश्वकै उत्कृष्ट पेन्ट्स कम्पनीमध्येको एक ‘कान्साई नेरोल्याक पेन्ट्स नेपाल’ले मुख्य प्रायोजन गरेको छ । त्यस्तै ‘महा–आजिजा’को पावर्ड बाई टाईटलमा एक्सेस एजुकेशन नेटवर्कले सहकार्य गरेको छ ।
‘दशँैलाई स्रोताहरुसँगै मनाउने उद्देश्यले हामीले वर्षेनी यो कार्यक्रमलाई निरन्तरता दिईराखेका छौँ ।’ एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘अघिल्ला सँस्करण जस्तै स्रोताहरुको बाक्लो सहभागिताको अपेक्षा हामीले गरेका छौँ ।’ ‘महा–आजिजा’ सप्तमीसम्म चल्नेछ । सात दिनसम्म चल्ने यो रेडियो गेम शो मा सहभागि हुन स्रोताहरुले एसएमएसबाट दर्ता हुनुपर्ने एफएमले जनाएको छ ।
एसएमएस दर्ताको लागि स्रोताहरुले मोबाईलको मेसेज बक्समा गई BIG टाईप गरि Space दिएर FM लेखि आफ्नो नाम र नम्बर लेखेर ४३२१ मा पठाउनुपर्नेछ । हरेक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म चल्ने रेडियो गेम शोका लागि दर्ता भएका स्रोताहरुको नम्बरमा एफएमले नै फोन गरेर गेम खेल्नेछ । सामान्य ज्ञानबाट सोधिएका प्रश्नहरुको सहि उत्तर दिँदै जाने स्रोताहरुले अधिकतम २० हजार सम्म जित्न सक्ने एफएमका मार्केटिङ म्यानेजर कमल बरालले बताए ।
विग एफएमले हरेक चाडपर्वलाई यस्तै विभिन्न खाले ईभेन्टहरु गरेर स्रोताहरुसँग मनाउँदै आएको छ । त्यस्तै मंसिरको शुरुवातसँगै विग एफएमले ग्राण्ड ईभेन्ट स्वरुप गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करण शुरु गर्दैछ । विग आईकनको लागि यतिबेला निशुल्क रुपमा आवेदन फाराम वितरण भैरहेको एफएमले जनाएको छ ।
