रवि, कुलमान र बालेनबीच चुनावी सहमतिसँगै कुलमान उपसभापति, बालेन तेस्रो वरीयतामा तयार

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक सहमतिअनुसार, सभापति रवि लामिछाने पछि ऊर्जामन्त्री कुलमान घिसिङले उपसभापतिसहित दोस्रो वरीयता पाउने निश्चित भएको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तेस्रो वरीयतामा रहने सहमति जुटेको छ।

स्रोतका अनुसार देश र जनचाहनाअनुसार बालेन्द्र शाहले तेस्रो वरीयतामा बस्न तयार भएको बताइएको छ। सहमतिअनुसार कुलमान घिसिङ पक्षबाट १८ जना समानुपातिक उम्मेदवार सूचीमा समावेश हुनेछन्।

चुनाव चिह्न घण्टी र पार्टी नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने निर्णय भएको छ। सहमति पत्र सार्वजनिक गर्ने तयारीसँगै, तीनै नेताले एकतापछि निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने प्रक्रिया अघि बढाएका छन्।

सहमति हासिल भएको वार्ता सोमबार साँझ कमल पोखरीमा भएको थियो, जसमा कुलमान घिसिङ, रवि लामिछाने र बालेन्द्र शाह सहभागी थिए। वार्तामा जेनजी अभियन्ता सुधन गुरुङले समन्वयको भूमिका निर्वाह गरेका थिए।

यस सहमतिसँगै पार्टी भित्र एकताको संदेश दिँदै आगामी निर्वाचनमा सशक्त र समन्वित अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: