कोठामा राखेको पेट्रोलको कारण आगलागी, पाँच जना घाइते, दुईलाई काठमाण्डौं लगियो

Share:

बिग न्युज पोखरा, १ कार्तिक / पेट्रोल अभाव भएपछि घरमै संचित गरेर राखेको पेट्रोलका कारण आगलागी भएको छ । पाँच जना घाईते भएका छन् । दुई जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

आइतवार विहान सवा ९ बजेको समयमा पोखरा–२, अर्चलबोट स्थित बिजयराज रेग्मीको घरमा आगलागी भएको हो । आगलागीसँगै सोही घरमा डेरा गरी बस्ने कास्की माझठाना ९ का प्रकाशमणी तिवारी, उनकी छोरी वर्ष १२ की रोसनी तिवारी, छोरा वर्ष १४ का रोसन तिवारी र प्रकाशमणी तिवारीका नाताले साला पर्ने पोखरा सराङकोटका वर्ष ३० का केशबराज तिमिल्सीना र वर्ष २४ का पुष्पराज तिमिल्सीना घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक उपचारका लागि घाइतेलाई मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न लगेपनि अस्पतालले रोसनी तिवारी र पुृष्पराज तिमिल्सीनाको अवस्था गम्भिर रहेको जनाउँदै थप उपचारका लागि काडमाण्डौं स्थित बीर अस्पतालमा रिफर गरेको बताइएको छ ।उनीहरुलाई आइतबारै हेलीकष्टर मार्फत काडमाण्डौं लगिएको घरबेटी सुसिला रेग्मीले बताइन् । आगलागीसँगै रेग्मीको घरमा सामान्य क्षेति पनि भएको छ । साढे दूई तले रेग्मीको घरको भुईतलामा आगो लागेको हो । आगलागीसँगै घर केही ठाँऊमा चर्कीएको छ भने कहि लत्ताकपडा समेत जलेर नष्ट भएका छन् ।

घाइते प्रकाशमणी तिवारी ट्रयाक्सी व्यवसायी समिति गण्डकीका उपाध्यक्ष रहेको पनि जनाइएको छ । तिवारीको कोठामा संचित रहेको प्रेट्रोल यताउती खन्याउने क्रममा पोखिएसँगै नजिकै बलेको दियोको सम्पर्कले गर्दा घरमा आगलागी भएकोे जनाएको छ । सोही घरमा पत्रकार श्रीभद्र पौडेल पनि बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: