पोखरा महोत्सवको आज तेस्रो दिन: दर्शकको उत्साहजनक भीड, सांगीतिक र लोकदोहोरी प्रस्तुतिले माहोल झनै तात्यो

Share:

पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औँ संस्करणको पोखरा महोत्सव दर्शकको उत्साहजनक उपस्थितिसँगै भव्य बन्दै गएको छ। महोत्सवको तेस्रो दिन मात्रै हजारौँ दर्शकले महोत्सवको अवलोकन गर्दै मनोरञ्जन लिए। बिहीबार आयोजित लोकदोहोरी कार्यक्रमले दर्शकलाई झुमायो।

चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको दमदार प्रस्तुतिले महोत्सव स्थल गुञ्जायमान बनेको थियो। शान्ति श्रीसँगै चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगरलगायत कलाकारहरूको प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो।

साँझको लाइभ कन्सर्टमा युवामाझ लोकप्रिय लाहुरे आशिष रानाको प्रस्तुतिले युवाहरूलाई नाच्न बाध्य बनायो। महोत्सवको चौथो दिन लोकदोहोरी गायक बद्री पंगेनी, पार्वती जी.सी. चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, अर्चना चापागाईलगायतको प्रस्तुति रहनेछभने साँझको लाइभ कन्सर्टमा डी मर्चाको प्रस्तुति रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा साँझको लाइभकन्सर्टतर्फ माघ ३ गते अनुप्रस्था, माघ ४ गते दुर्गेश थापा, माघ ५ गते लेकाली ब्याण्ड, माघ ६ गते ए वाई जी, माघ ७ गते रकहेड्स, माघ ८ गते जेम्सी, माघ ९ गते सबिन राई एण्ड फारोह र माघ १० गते भी टेनको प्रस्तुति रहने छ । त्यसैगरी लोकदोहोरी तर्फ माघ ३ गते प्रकाश सपुत र प्रजापति पराजुली, माघ ४ गते समिक्षा अधिकारी, माघ ५ गते अर्जुन सापकोटा, माघ ६ गते प्रीति आले, माघ ७ गते शान्तारानी परियार, माघ ८ गते अस्मिता अधिकारी, माघ ९ गते सम्झना लामिछाने मगर र माघ १० गते प्रकाश दुतराजको प्रस्तुति रहने छ ।

महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्नुका साथै सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्ताले १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर/मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन ।

भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ ।

महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्नेछन ।

ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट प्राप्त गर्नेछन । फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन ।

महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: