आज विजयादशमी,१०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत

354
0
Share:

काठमाडौँ, कार्तिक ५ ।
आज देशभर विजयादशमी पर्व मान्यजनका हातबाट टीका थाप्दै मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार यस वर्ष बिहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको छ ।
आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी)पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहितमान्यजनहरुका हातबाट प्रसादका रूपमा टीका जमरा ग्रहण गरिन्छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रूपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनका हातबाट टीका तथा जमरा ग्रहण गरेर आर्शिवाद लिने परम्परा रहेको छ ।
समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ । दसैँ पर्वले मोह, अहङ्कार, काम, क्रोध, लोभ, आलस्य, हिंसा र चोरी जस्ता कर्मबाट मान्छेलाई टाढा बस्ने प्रेरणा दिलाउने र जीवनमा सत्कर्मको उर्जा थपिने जनविश्वास रहेको छ ।
दसैँलाई सरसफाइको पर्व पनि भन्ने गरिन्छ । दसैँका अवसरमा सहरबजार गाउँ रंगरोगन गरेर सिगार्ने चलन छ । अझै पनि गाउँघरमा रातोमाटो र कमेरोले घर पोत्ने चलन रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: