शुक्रबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

Share:

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने भएकाे छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका भाेलि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

यस्तै स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चार वटा उजुरीहरु खारेज भएका जानकारी दिए।

यदी आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रबार उम्मेदवारहरुले नाम फिर्ता लिनसक्ने बताए । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

जसमा ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । भक्तपुर २ मा दुई वटा, सुनसरी २, रौतहट १, कैलीली १ मा भने एक/एक वटा उजुरी परेका थिए ।

जसमध्ये ४ वटा उजुरी खारेज भएका छन् भने रेशमलाल चौधरीको उम्मेदवारी भने खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: