नयाँ इतिहासको रचनाः देशको सर्वोच्च पदमा पहिलोपटक महिला

258
0
Share:

काठमाडौं, कार्तिक ११ । विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्रपति बनेकी छन् । व्यवस्थापिका–संसदमा बुधबार भएको राष्ट्रपति पदको निर्वाचनबाट एमाले उपाध्यक्ष भण्डारी अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

संसदमा तत्काल कायम रहेको ५ सय ९७ मतमध्ये ५ सय ४९ मत खसेको थियो । जसमध्ये भण्डारीको पक्षमा ३ सय २७ मत परेको थियो भने प्रतिष्पर्धी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङको पक्षमा २ सय १४ मत परेको थियो ।

विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएसँगै देशले पहिलो महिला राष्ट्रप्रमुख पाएको छ ।

२ सय ४० वर्षको राजतन्त्रात्मक शासनकाल र ८ वर्षे गणतन्त्रात्मक शासनकालमा मुलुकमा महिला देशको सर्वोच्च पदमा पुगेको यो पहिलोपटक हो ।

नवनिर्वाचित राष्ट्रपति भण्डारी संसद भवनबाटै विशेष सुरक्षासहित बाहिर निस्किएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: