काठमाडौं उपत्यकामा वर्षा

Share:

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा हल्का वर्षा सुरु भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशको विभिन्न स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ ।

बागमती, मधेस र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र कोसी प्रदेशको तराईका एक/दुई स्थानमा आज हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: