जानकी माविका विद्यार्थीलाई इक्रा शिक्षा फाउण्डेशनको आर्थिक सहयोग

Share:

पोखरा । पोखरा महानगरपालिका-१७ बगैंचा उस क्षेत्रमा अवस्थित जानकी माध्यमिक विद्यालयका जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरूलाई इक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग प्रदान गरेको छ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा फाउण्डेशनले २० जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरेको हो। प्रत्येक कक्षाबाट २-२ जना विद्यार्थी छनोट गरी सहयोग प्रदान गरिएको विद्यालयले जनाएको छ।

सहयोग वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला, इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, विद्यालयका प्रधानाध्यापक कडेललगायतको उपस्थिति रहेको थियो।

उनीहरूले विद्यार्थीहरूलाई प्राप्त रकमको सही र सदुपयोग गरी शैक्षिक सामग्री खरिदमा खर्च गर्न आग्रह गरेका थिए ।

सहयोग प्राप्त विद्यार्थीहरूले उक्त रकमलाई आवश्यक शैक्षिक सामग्री तथा अध्ययनसम्बन्धी आवश्यकतामा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। हाल विद्यालयमा करिब ३५० जना विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रमका अवसरमा इक्रा शिक्षा फाउण्डेशनले पोखरा-१७ दोविल्ला क्षेत्रमा मदरसा (विद्यालय) सञ्चालनका लागि आवश्यक जग्गा खरिद गरी भौतिक संरचना निर्माणको काम अघि बढाइरहेको जानकारी पनि गराएको छ।

फाउण्डेशनका अध्यक्ष शेख जहागिरका अनुसार सो विद्यालयमा नेपाली, अंग्रेजी तथा मुस्लिम भाषाको समेत अध्ययन व्यवस्था गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: