
पोखरा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा शुक्रबार पोखरा आउने भएका छन् । कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको महत्वपूर्ण बैठकलाई सम्बोधन गर्न उनी पोखरा आउन लागेको कांग्रेस गण्डकी प्रदेशले जनाएको छ ।
कांग्रेस गण्डकी प्रदेशकाअनुसार सभापति थापाको प्रमुख उपस्थितिमा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठक शुक्रबार पोखरामा बस्न लागेको हो । बैठकमा गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेशभित्रका जिल्ला सभापतिहरू र आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछ ।
प्रदेशको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसैगरी, नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका प्रत्याशीहरूलाई पनि बैठकमा उपस्थित हुन प्रदेश कार्यसमितिले आग्रह गरेको छ ।
सभापति थापाको उपस्थितिले कांग्रेस गण्डकीको आन्तरिक एकता, संगठनात्मक गतिविधि र भावी राजनीतिक दिशाबारे स्पष्ट सन्देश जाने अपेक्षा गरिएको छ ।
