ईक्यान चितवनको अध्यक्षमा जीवन रिजाल सर्वसम्मत चयन

348
0
Share:

विग न्यूज चितवन, २० कात्तिक | नेपाल शैक्षिक परामर्श संघ चितवन शाखाको अध्यक्षमा जीवन रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यसअघि हाल संस्थाका निवर्तमान अध्यक्ष बनेका सोमबहादुर कँडेल र रिजालबीच अध्यक्ष पदका लागि निर्वाचन हुने भनेपछि अन्ततः रिजालको पक्षमा सर्वसम्मती जुटेको हो ।

ईक्यानको केन्द्रिय र पोखरा शाखाका पदाधिकारीहरुसँगै चितवन ईक्यानका सदस्यहरुले पनि सर्वसम्तीमा जोड दिएपछि चुनावी मैदानबाट कँडेल पछाडि हटेका हुन् । लामो वार्ता र कुराकानी पछि कँडेलले रिजालको लागि मैदान खालि गराएका थिए । खासगरि केन्द्रिय प्रथम उपाध्यक्ष प्रकाश पाण्डेको सँयोजनमा ईक्यान चितवनको तेस्रो साधारणसभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भानुभक्त खरेल, सचिवमा हिम्मत पुरी, कोषाध्यक्षमा रबिन केसी र सदस्यमा कृष्ण कँडेल र भोजबहादुर खड्का चयन भएका छन् । दुई सदस्य पछि थप्ने गरि कार्यसमिति गठन भएको हो ।

ईक्यानका कानुनी सल्लाहकार ज्योती अधिकारीको सँयोजकत्वमा निर्वाचन समिति बनेको थियो । निर्वाचन समितिको दुई सदस्यहरुमा ईक्यान सचिव सन्तोष प्याकुरेल र ईक्यानका साधारण सदस्य यम प्रसाद तिवारी रहेका थिए ।

सर्वसम्मत नयाँ कार्यसमिति बनेपछि ईक्यान चितवनसँगै केन्द्र र पोखरा शाखाले पनि खुशि व्यक्त गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई ईक्यानका केन्द्रिय अध्यक्ष राजेन्द्र बराल, निवर्तमान अध्यक्ष दिपक गुरुङ, प्रथम उपाध्यक्ष प्रकाश पाण्डे, तृतिय उपाध्यक्ष सरोजकुमार बस्नेत, कानुनी सल्लाहकार ज्योती अधिकारी र कास्की ईक्यान अध्यक्ष तथा केन्द्रिय सदस्य महेश भण्डारीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: