छैठौँ विग आईकनको अनलाईन पार्टनरमा जक्शन डटकम

Share:

विग न्यूज 

पोखरा, २३ कात्तिक | गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करणको अनलाईन पार्टनरमा जक्शन डटकम फाईनल भएको छ । सोमबार विग एफएमका अध्यक्ष महेश भण्डारी र जक्शन डटकमका म्यानेजर अरुण गिरीबीच अनलाईन पार्टनरका लागि सहमती भएको हो ।

सहमतीपछि विग एफएमका अध्यक्ष भण्डारीले पश्चिमाञ्चलकै दुई चल्तीका मिडियाबीचको यो सहमतीले सकारात्मक सन्देश प्रवाह गरेको बताए । ‘यो निकै खुशिको कुरा हो कि, पश्चिमाञ्चलका युवाहरुमाझ लोकप्रिय अनलाईन पोर्टलसँग विग आईकनले अनलाईन पार्टनरको लागि सहमती गरेको छ ।’ भण्डारीले भने–‘विग आईकनलाई युवापुस्तामाझ लोकप्रिय बनाउन जक्शन डटकमको महत्वपुर्ण योगदान रहनेछ भन्ने हामीले विश्वास लिएका छौ् ।’

त्यस्तै जक्शन डटकमका म्यानेजर अरुण गिरीले लोकप्रिय एफएम विग एफएम र उसको सर्वाधिक लोकप्रिय ईभेन्ट विग आईकनसँगको सहकार्य जक्शन डटकमको लागि निकै उत्कृष्ट रहेको बताए । ‘युवाहरुमाझ अनलाईनको लोकप्रियता अझै बढ्नेमा यो सहकार्यले काम गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’ गिरीले भने–‘र, यो सहकार्यले सँधै निरन्तरता पाउनेमा हामी हाम्रो तर्फबाट निकै सकारात्मक पनि छौँ ।’ सहमतीअनुसार जक्शन डटकमले विग आईकनको सम्पूर्ण ईभेन्टको फोटो सँगै समाचार कभरेज गर्नुपर्नेछ ।

मंसिरको शुरुवातसँगै शुरु हुने छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, होटल पार्टनरमा होटल बाराहि, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् । छैठौँ विग आईकनमा सहभागिताको लागि यतिबेला एफएमले निशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: