पोखरामा ‘ल्यासएक्सटेन्ड एसपीएमयू स्टुडियो’ र ‘डियर स्किन’ को नयाँ सुरुवात, चौथो वार्षिकोत्सवमा नयाँ भवनबाट सेवा

Share:

कास्की । ल्यासएक्सटेन्ड एसपीएमयू स्टुडियो तथा डियर स्किन ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा नयाँ भवनबाट सेवा सुरु गर्दै पोखरामा नयाँ उत्साह थपेका छन्। यसअघि लेकसाइडबाट सञ्चालन हुँदै आएको स्टुडियो अब नागढुंगास्थित नयाँ तथा सुविधासम्पन्न भवनमा स्थानान्तरण भई औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन समारोह विशेष बन्यो जब चर्चित अभिनेता धिरज मगर को उपस्थिति रह्यो। लाइभ म्युजिक, आकर्षक सजावट र उत्साहित सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो। विभिन्न क्षेत्रका अतिथि, शुभेच्छुक तथा ग्राहकहरूको उल्लेखनीय सहभागिताले स्टुडियोप्रति रहेको विश्वास झल्काएको थियो।

चार वर्षअघि स्थापना भएको यस स्टुडियोले छोटो अवधिमै पोखराको सौन्दर्य तथा स्किन केयर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। नयाँ भवनबाट सेवा सुरु भएसँगै अझ व्यवस्थित, आधुनिक उपकरणसहितको सुविधा र उच्च स्वच्छता मापदण्ड अपनाएर ग्राहक-मैत्री सेवा प्रदान गर्ने लक्ष्य लिइएको जनाएको छ।

स्टुडियोकी संस्थापक तथा प्रोपाइटर अरुणा गुरुङ अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित एसपीएमयू आर्टिस्ट हुन्। हालै उनले बुसान मा आयोजित २०औँ अन्तर्राष्ट्रिय बडी आर्ट प्रतियोगितामा एसपीएमयू विधामा प्रथम स्थान हासिल गर्दै नेपालका लागि ऐतिहासिक सफलता दिलाएकी छन्।

कार्यक्रममा बोल्दै गुरुङले पोखराबाटै अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताइन्। साथै, महिला उद्यमशीलतालाई प्रेरणा दिने उदाहरणका रूपमा स्टुडियो सञ्चालन भइरहेको उल्लेख गर्दै गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नयाँ सुरुवातसँगै ल्यासएक्सटेन्ड एसपीएमयू स्टुडियो तथा डियर स्किनले पोखराको सौन्दर्य क्षेत्रमा अझ मजबुत उपस्थितिको संकेत दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: