सुदूरपश्चिमका चार क्षेत्रमा गणना जारी, दुई क्षेत्रमा रास्वपाको अग्रता

209
0
Share:

काठमाडौं । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा मतगणना जारी रहेको छ । कैलाली क्षेत्र नम्बर १ र कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको हो । कैलाली-१ र कञ्चनपुर-१ मा शुक्रबार बिहानबाट मतगणना सुरु भएको हो भने कञ्चनपुरका अन्य दुई क्षेत्रमा यसअघि नै गणना सुरु भइसकेको थियो ।

कैलाली क्षेत्र नम्बर १ मा शुक्रबार बिहान ४ बजे सर्वदलीय बैठक बसे लगत्तै मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि भर्खरै मतगणना सुरु भएको छ ।

यसअघि मतगणना सुरु भएका कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ को सुरुवाती नतिजा पनि सार्वजनिक भइसकेको छ । प्राप्त प्रारम्भिक मत परिणामअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: