५० हजारभन्दा बढी मतले रास्वपाको दबदबा: रवि लामिछानेसहित चार उम्मेदवारको ऐतिहासिक जित

120
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याउँदै प्रभावशाली विजय हासिल गरेका छन्। पार्टी सभापति रवि लामिछानेसहित डा. लेखजंग थापा, सुलभ खरेल र रुबिना आचार्यले उल्लेखनीय मतसहित जित हात पारेका हुन्।

सबैभन्दा बढी मत डा. लेखजंग थापाले प्राप्त गरेका छन्। रुपन्देही-३ बाट प्रतिस्पर्धा गरेका उनले ५८ हजार ८१४ मत ल्याउँदै विजयी भएका हुन्। त्यस्तै, रुपन्देही-२ बाट सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै जित दर्ता गरेका छन्। मोरङ-६ मा रुबिना आचार्यले ५५ हजार ५१३ मत ल्याउँदै प्रभावशाली विजय हासिल गरिन् भने चितवन-२ मा पार्टी सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन्।

चारै जना उम्मेदवारले आफ्ना प्रतिस्पर्धीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पार्दै जित हासिल गरेका छन्, जसले रास्वपाको बढ्दो जनसमर्थनलाई झन् स्पष्ट बनाएको छ। यसैबीच, रास्वपाका अन्य दुई चर्चित उम्मेदवार बालेन शाह र सोबिता गौतमले पनि ५० हजार मत कटाउने आकलन गरिएको छ। यदि त्यो अनुमान सही सावित भयो भने, रास्वपाका ६ उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याउने ऐतिहासिक रेकर्ड बन्ने देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: