प्रत्यक्षतर्फ १६१ क्षेत्रको मतगणना सार्वजनिक: रास्वपा १२४ मा विजयी, अरु दलले कति जिते ?

162
0
Share:

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगबाट आज बिहान ६ बजे प्राप्त तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।

नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार १/१ स्थानमा विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: