
तनहुँ, मंसिर ६ । तनहुँमा आजदेखि जिल्लाकै सर्वाधिक राशीको फुटवल प्रतियोगिता सुरु भएको छ ।
युवा क्लव भिमादद्वारा हरिवोधनी एकादशीको अवसरमा आयोजित प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उद्घाटन गरिन् ।
प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक भिमाद युवा क्लव ‘ए’ लाई रामपुर युवा क्लवले १–० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, बढी गोलकर्ता र अनुशासित टिमलाई १०/१० हजार नगदारा पुरस्कृत गरिने क्लवले जनाएको छ ।
प्रतियोगितामा १४ वटा टिम सहभागी छन् ।
कमेन्ट गर्नुहोस्
