शपथको काउन्टडाउन सुरु: चैत १३ मा बालेन्द्र शाह प्रधानमन्त्री बन्दै

Share:

काठमाडौं । देशको राजनीतिक वृत्तमा ठूलो हलचल ल्याउने निर्णयसहित राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रधानमन्त्री चयन प्रक्रिया टुंगो लगाएको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने निश्चित भएको छ।

यो निर्णय पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बीच भएको उच्चस्तरीय छलफलपछि सार्वजनिक गरिएको हो। उपसभापति वाग्लेका अनुसार चैत १२ गते सांसदहरूको शपथ सम्पन्न भएपछि मात्रै भोलिपल्ट प्रधानमन्त्रीको शपथ हुनेछ।

निर्धारित कार्यतालिका अनुसार चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूले शपथ लिनेछन्। त्यसको भोलिपल्ट चैत १३ गते शाहले प्रधानमन्त्री पद सम्हाल्नेछन्।

रास्वपाको आन्तरिक छलफलले प्रधानमन्त्रीसँगै सोही दिन मन्त्रीपरिषद् गठन गरी मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको संकेत दिएको छ। “राजकाज” सम्बन्धी छलफलमा सरकार गठन र नेतृत्वबारे अन्तिम सहमति जुटेको बुझिएको छ।

यस निर्णयसँगै देशमा नयाँ राजनीतिक समीकरणको सुरुवात हुने संकेत देखिएको छ, जहाँ नयाँ शक्ति रूपमा उदाएको रास्वपाले अब सत्ताको नेतृत्व सम्हाल्ने तयारी गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: