गण्डकी प्रदेशमा ३ दिन थप सार्वजनिक बिदा घोषणा

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले संवत् २०८३ सालका लागि थप ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै भानु जयन्ती, कोजाग्रत पूर्णिमा र गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभर बिदा दिने घोषणा गरेको हो।

यो निर्णय मन्त्रिपरिषद्को २०८२ चैत ३ गते बसेको बैठकले गरेको थियो। चैत ५ गते प्रकाशित राजपत्र अनुसार यी बिदाहरु गण्डकी प्रदेशभित्र रहेका संघीय सरकारका कार्यालय, सबै सरकारी निकाय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरुमा समेत लागू हुनेछन्।

राजपत्रमा उल्लेख भएअनुसार

२०८३ असार २९ गते (सोमबार) – भानु जयन्ती

२०८३ कात्तिक ८ गते (आइतबार) – कोजाग्रत पूर्णिमा

२०८३ माघ २२ गते (शुक्रबार) – गण्डकी प्रदेश स्थापना दिवस

प्रदेश सचिव ऋषिराज आचार्यद्वारा जारी सूचनामा भनिएको छ, “गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा संवत् २०८३ सालमा बिदा दिने गरी निर्णय गरिएको छ।”

प्रदेश सरकारले हरेक वर्ष आफ्नो स्थापना दिवससँगै स्थानीय महत्वका पर्वहरूलाई प्राथमिकता दिँदै बिदा दिने अभ्यासलाई निरन्तरता दिँदै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: