
लहान ।
मंसीर १२
खाद्यवस्तु बोकेर आएको ट्रकलाई आज बिहान २ः१५ बजे अज्ञात समूहले लहान नगरपालिका–८ मा पेट्रोल छर्केर आगजनी गरेका छन् ।
आगो फैलेर ना३ख २३२९ नम्बरको ट्रकको अघिल्लो भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले बताए ।
लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेनाको प्रयासमा आगो निभाएर खाद्यवस्तु निकालिएको छ ।
आगजनी गरिएको ठाउँनजिकै बिजुलीको तार रहेकाले विद्युत् प्रशारण र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
कमेन्ट गर्नुहोस्
