नासा नेपालको बधाई: नवनिर्वाचित सांसदलाई सडक सुरक्षा र साहसिक पर्यटनमा काम गर्न आग्रह

178
0
Share:

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य आशिष गजुरेल र सोम शर्मा लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। ललितपुरस्थित रोयल ट्यूलिप होटलमा आयोजित कार्यक्रममा नासा नेपालले सडक सुरक्षा, यातायात व्यवस्थापन, अटोमोबाइल क्षेत्र, साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेको हो।

कार्यक्रममा दशरथ रिसाल, ठाकुर प्रसाद न्यौपाने, सुवर्ण केशरी श्रेष्ठ र राजीव श्रेष्ठ लगायतले नवनिर्वाचित सांसदहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

त्यसैगरी, अल्पाइन स्पोर्ट्स फेडरेशन नेपालसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा गोविन्द भट्टराई, भगवती सेढाई, देविकृष्ण रोकाया लगायतले पनि बधाई व्यक्त गरेका थिए।

कार्यक्रममा आशिष गजुरेल लाई अटोमोबाइल, यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी र सोम शर्मा लाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो।

बधाई कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो शैक्षिक, व्यावसायिक तथा राजनीतिक प्रतिबद्धताअनुसार सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै नासा नेपालसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे। यस्तै, शर्मा पनि नेपाली साहसिक खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्ने बताउँदै गण्डकी प्रदेश र बागलुङलाई साहसिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: