
पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले सञ्चालन गरिरहेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान पोखराको कालिका पब्लिक कलेज मा सम्पन्न भएको छ।
२४ विद्यालय तथा कलेजमा अभियान विस्तार गर्ने लक्ष्यसहित अघि बढाइएको यस कार्यक्रम हालसम्म १३ शैक्षिक संस्थामा सफलतापूर्वक पुगिसकेको छ। अभियानले युवामाझ यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।
कार्यक्रमको उद्घाटन पूर्णचन्द्र न्यौपानेले गरेका थिए । कार्यक्रममा विष्णु प्रसाद दाहाल, नव राज तिवारी, अनुषा भुजेल र सुरज चौधरीले सहजीकरण गरेका थिए ।
कार्यक्रम नवीन सिग्देल को अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन नव राज तिवारीले गरेका थिए।
अभियानमार्फत किशोर-किशोरी र युवाहरूमाझ सुरक्षित व्यवहार, जिम्मेवार निर्णय र स्वास्थ्यप्रतिको जागरूकता बढाउने विश्वास लिइएको आयोजकले बताएका छन्।
