सरकारले सार्वजनिक गर्यो कार्की आयोगको प्रतिवेदन

Share:

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गरेको छ । प्रधानमन्त्री शुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेसँगै प्रतिवेदन सार्वजनिक भएको हो । शनिबार सञ्चार माध्यममार्फत प्रतिवेदन सार्वजनिक भएपछि सरकार सार्वजनिक गर्न बाध्य भएको हो ।

प्रतिवेदन बुधबार बसेको निर्णयअनुसार उक्त प्रतिवेदन संघीय संसद सचिवालय को पुस्तकालयमा अभिलेख राखी सर्वसाधारणका लागि उपलब्ध गराइनेछ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल का अनुसार यससँगै नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग २०७७ को प्रतिवेदन पनि सार्वजनिक गरिनेछ।

यसअघि मंगलबार पनि प्रधानमन्त्री कार्कीले सोही बाल संगठनसम्बन्धी प्रतिवेदन संघीय संसद सचिवालयमा राखी सार्वजनिक गर्ने निर्णय गरेका थिए।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको छ।

सरकारले विभिन्न जाँच आयोगका प्रतिवेदन सार्वजनिक गर्दै पारदर्शिता र सुशासनलाई थप मजबुत बनाउने संकेत दिएको विश्लेषण गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: