पोखरामा यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान तीव्र

Share:

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना अभियानलाई निरन्तरता दिएको छ।

विद्यालय तथा कलेज लक्षित यस अभियानअन्तर्गत हालसम्म १४ वटा शैक्षिक संस्थामा कार्यक्रम सम्पन्न गरिएको जानकारी शाखा सभापति नवीन सिग्देलले दिए।

कुल २४ वटा विद्यालय तथा क्याम्पसमा अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको उक्त कार्यक्रम हालै पोखरा महानगरपालिका वडा नं.१२ माटेपानीस्थित हिल पोइन्ट माध्यमिक विद्यालय मा आयोजना गरिएको थियो।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल गंगाराम पौडेलले विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यबारे सचेत रहन आवश्यक रहेको बताए ।

सो अवसरमा संघका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, वरिष्ठ शाखा प्रबन्धक नव राज तिवारी तथा कर्मचारी सुरज चौधरीले सहजीकरण गरेको कार्यक्रम नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन बरिष्ठ शाखा प्रबन्धक नव राज तिवारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: