सातवटै प्रदेशलाई तीन दिनभित्र दरबन्दी विवरण पठाउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन

138
0
Share:

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आफ्नो मातहतका निकायको स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्न प्रदेशअन्तर्गतका सम्पूर्ण निकायको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण माग गरेको हो । विवरण तीन दिनभित्र मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ ।

मन्त्रालयका शाखा अधिकृत सुरेश खनालले सचिवस्तरीय निर्णयअनुसार सातवटै प्रदेशसँग दरबन्दी विवरण माग गरिएको जानकारी दिए । ‘सेवा प्रवाहलाई थप चुस्त बनाउन र भविष्यका लागि एकीकृत जनशक्तिको आकलन गर्न स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन आग्रह गरेका हौँ,’ उनले भने ।

 

कमेन्ट गर्नुहोस्
Share: