पोखराको सभागृह चोकमा महिलामाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर

Share:

पोखरा । पोखराको सभागृह चोकमा बुधबार साँझ एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। अपरिचित पुरुषको आक्रमणबाट पोखराको मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसी गम्भीर घाइते भएकी हुन्।

प्रत्यक्षदर्शीका अनुसार साँझको समयमा ती पुरुषले केसीमाथि अचानक हतियार प्रहार गरी घटनास्थलबाट फरार भएका थिए। घाइते केसीको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको पहिचान खुल्न बाँकी रहेको र उनको खोजीका लागि पोखराका विभिन्न नाका तथा क्षेत्रहरूमा प्रहरी परिचालन गरी खोजीकार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

व्यक्तिगत रिसिइबी वा अन्य कुनै कारणले आक्रमण भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट गर्नुहोस्
Share: