अहिलेको संबिधान देश टुक्राउन दस्तावेज ः देब गुरुङ्

359
0
Share:

पोखरा, मंसिर १४, माधब पनेरु
नेकपा क्रान्तिकारी माओबादीका नेता देब गुरुङ्खले अहिले संसदबादी दलहरुको एकाधिकार कायम गरि बनाईएको संबिधान देश टुक्राउने दस्तावेज भएको बताएका छन ।
परि थापा नेतृत्वको नेकपा एकिकृत संग पार्टी एकता भएपछि राज्य स्तरिय एकता अबिधेशनमा सहभागि हुन पोखरा आएका गुरुङ्ले पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा भिन्न मतको संबोधन बिना जवरजस्ती जारी भएको संबिधानले देश टुक्राउन लागेकोले आफुहरुले त्यसलाई रोक्न पहल गर्ने बताए ।
संबिधानसभामा सहभागि भएका दलहरुको समेत मतलाई संबोधन नगरेर ठुला भनिएका केही दलहरुको एकमनाबादी सोचको परिणाम अहिलेका अबस्था भएको भन्दै उनले मधेषका जायज माग संबोधन गरेर जानुपर्ने बताए । मधेषलाई अलग हिसावले हेर्नु हुदैन, मधेषीका दुईवटा माग तत्काल संबोधन गर्न नसक्ने भएपनि अन्य सबै नौ बटा माग सरकारले संबाधन गर्न सक्ने भएपनि आन्दोलन चर्कोउने र हिंसा भड्काउने खेलमा सरकार आफै लागेको उनको दावि थियो । अंीकृत नागरिकता र जनसंख्याको आधारमा र्निबाचन क्षेत्र र्निधारण बाहेक सबै माग जायज भएको गुरुङ्ले बताए ।
भारतले नेपालमा जाी राखेको नाकाबन्दी अन्र्तराष्ट्रिय मूल्य मान्यता र सिदान्त विपरित मात्र नभई नेपाल र भारतबिचको सन्धी संझौताको खारेजी भएकोले अव नेपालले पनि सबै खाले संन्धी खारेज भएको औपचारीक घोषणा गर्नुपर्ने उनको सुझाव थियो । भारतले एकपक्षीय रुपमा खारेज गरेको भएपनि सरकारमा रहेका दलहरुको मन दहे हुन नसकेकाले खारेज भएको घोषणा गर्न नसकेको उनको भनाई छ ।
देशको दिर्घकालिन विकल्प भनेको आत्मर्निभर बन्नु र बिद्युतको उत्पादन बढाउनु हो । सासकहरु बिजुली निकालेर अन्य देशलाई बेच्न आतुर हुन्छन तर नेपालीलाई उज्यालोमा राख्न तयार हुदैनन– उनले भने । माओबादीले बिगतमा पनि बिदेशी लगानी र बिदशलाई बेच्ने विजुली उत्पादनमा रोक लगाउदै आएको स्मरण गर्दे उनले स्वदेशी पुँजी लगानी गरेर नेपालीले उपभोग गर्न पाउने बिजुली उत्पालनमा बिषेश जोड दिनुपर्ने आबस्यकता भएको बताए ।
क्रान्तिकारी माओबादीकोे तमुजवानमा ६५ सदस्यिए समिती बनेको छ । तमुवान राज्य समितिको संयोजकमा श्रीनाथ अधिकारी चयन भएका छन ।

कमेन्ट गर्नुहोस्
Share: