
पोखरा । पोखरा स्पोर्टस अवार्डको १० औं संस्करणलाई टाइगर ग्रुप अफ पोखराले यस वर्ष पनि निरन्तर सहयोग गर्ने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा तथा रारा तयारी चाउचाउको टाइटल प्रायोजनमा आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टर मा हुने उक्त कार्यक्रममा सहयोग गर्ने विषयमा टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा र मञ्चका अध्यक्ष एमबी आस्था मगर बीच सम्झौता भएको हो।
सम्झौतापछि अध्यक्ष शर्माले प्रदेशकै गौरव बढाउने उत्कृष्ट कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै खेलकुद विकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए भने अध्यक्ष मगरले टाइगर ग्रुपको निरन्तर साथले आयोजक टोलीलाई थप उत्साहित बनाएको उल्लेख गरे।
उक्त अवार्डमा लाइफटाइम एचिभमेन्टसहित आठ विधामा सम्मान प्रदान गरिनेछ भने पिपुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ। कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह तथा संघ-संस्थाहरूको समेत उल्लेखनीय सहयोग रहने जनाइएको छ।
त्यस्तै, मञ्चका अध्यक्ष एमबी आस्था मगरले भलिवल प्रतियोगिता मार्फत गण्डकी प्रदेशमा बेग्लै पहिचान बनाउन सफल टाईगर ग्रुपको साथ र सहयोग पाउदा पोखरा स्पोर्टस अवार्ड आयोजक कमिटिमा थप हौसला बढेको बताइन् ।
विगत देखिनै सहकार्य गर्दै आइरहेको टाइगर गु्रप संगको सहकार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ ।
जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।
त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, भूतपूर्व खेलाडी मञ्च, मञ्चका पूर्वअध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि ९राइनो क्याफे एण्ड शवार्मा स्टेशन०, शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, लामा कलेक्सन न्यूरोड पोखरा, हेम्जाकोट होमस्टे कास्की रहेका छन् । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।
