
रञ्जन अधिकारी पोखरा १७ मंसिर। कास्कीको नयाँपुल नजिकै बिहीबार मध्यान्ह बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीले बताएको छ । तीन जना उपचार पश्चात घर फर्किएका छन् ।
बागलङ–पोखरा सडकखण्ड अन्तर्गत कास्कीको सल्यान गाविस ९ धोवाङ नयाँपुलमा ग १ ख ३७९६ नम्बरको बस विहान करिब पौने १२ बजे दुर्घटना भएको हो । पोखराबाट यात्रु लिएर म्याग्दीको बेनी जाँदै गरेको बस अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते म्याग्दी निचिङ ९ की ६० वर्षीया दिल कुमारी खड्काको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए ।
दुर्घटनामा चालक पनि घाइते भएका छन् । चालक रोल्पा खवाङ ८ घर भएका ४० वर्षीय धन कुमार नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सहित २२ जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । यस्तै, फेवा सिटी अस्पतालमा एक जनाको उपचार गरिएको छ । जिल्ला अस्पताल पर्वतमा तीनजना उपचार पछि घर फर्किएका छन् ।
बस सडकमै पल्टिएकाले केहिबेर पोखरा–वागलुङ सडक खण्ड अबरुद्ध भएको थियो। पर्वतबाट जेसिबी मगाएर पल्टिएको बसलाई पन्छाई सडक खुलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनास्थल पोखराबाट करीब २५ किलोमिटर पश्चिममा पर्छ ।
मणिपाल शिक्षण अस्पताल कास्की पोखरा:
१) जि.पर्वत भुकताङले १ वस्ने वर्ष १९ को प्रदिप अधिकारी सामान्य
२) ऐचित्रे ७ वस्ने वर्ष ३० की मायासुनार मध्यम
३) ऐवाजुङ ५ वस्ने वर्ष २६ को प्रदिपक्षेत्री मध्यम
४) ऐ मल्लाज ९ माझफाट वस्ने वर्ष ६५ को राज वहादुर वि.क.मध्यम
५) जि. म्याग्दी निचिङ ९ वस्ने वर्ष ६० की दिल कुमारी खड्का गम्भिर
६) ऐताकुम ४ वस्ने वर्ष २७ की लक्ष्मी महत मध्यम
७) जि.काभ्रे दाना १ घर भई न्याचाङ ९ वस्ने वर्ष ३५ की मोहन कुमारी गोचन सामान्य
८) जि.पर्वत चित्रे ७ वस्ने वर्ष ३२ को दल वहादुर सुनार सामान्य
९) ऐवस्ने १८ महिनाकी निकितासुनार सामान्य
१०) जिल्ला म्याग्दी देविस्थान-४ बस्ने वर्ष ५४ का निर ब.पुन सामान्य
११) ऐ .ऐ.बस्ने ६५ का पुर्ण ब.पुन सामान्य
१२) जि.म्याग्दी शिख -२ बस्ने बर्ष २८ कि लक्ष्मी पुन सामान्य
१३) जिल्ला पर्वत सालिजा २ बस्ने बर्ष ४७ का लक ब.पुर्जा सामान्य
१४)जिल्ला पर्वत सालिजा-८ घर भई हाल पोखरा -१६ बस्ने बर्ष ३३ की सुन मायापुन सामान्य
१५) जि. गोर्खा देउराली गा.वि.स.-४ बस्ने बर्ष-२४ को मिलन थापा, मध्यम ।
१६) ऐ. पृ.न.पा.-२ नयाँबसपार्क बस्ने बर्ष-२३ का मिराज अर्याल, अवस्था सामान्य ।
१७) ऐ.-१ बस्ने बर्ष-२९ को महमद याकुव,अवस्था सामान्य ।
१८) जि. काठमाडौ का. म.नपा-४ बस्ने बर्ष-२९ कि दिपा लामिछाने, सामान्य।
१९) जि. ललितपुर उप मनपा-१४ नख्खीबोट बस्ने बर्ष-३३ क संदिप गुरुङ, सामान्य ।
२०) जि.काठमाडौ कामनपा-१५ बस्ने बर्ष-३० का अतित श्रेष्ठ, सामान्य ।
२१) जि.रोल्पा खवाङ ८ घर भई हाल पोखरा-४ गैह्रापाट वर्ष ४० को धन कुमार नेपाली ढाडमा चोट सामान्य (चालक)
२२) जिल्ला ललितपुर ल.उ.म.न.पा.१ बस्ने बर्ष २७ की शिवानी सरिया सामान्य
फेवा सिटी अस्पतालमा उपचार भईरहेका घाईतेहरु:
१) जिल्ला कास्की पोखरा-१५ बस्ने बर्ष २८ कि माधबी पोखरेल खुट्टामा चोट सामान्य
जिल्ला अस्पताल पर्वतमा उपचारपश्चात डिस्चार्ज भएका घाईते:
१) जि.गोर्खा धुवाकोट १ घर भई पोखरा ९ वस्ने वर्ष ४२ को ईश्वर खड्का सामान्य
२) जि.पर्वत वासर्खक ९ वस्ने वर्ष २२ की दिपा चापाङगी पुन सामान्य
३ ) ऐऐवस्ने वर्ष १९ की पुनम पुन सामान्य
