इरानका विदेशमन्त्री अब्बास अराघची अमेरिकासँग भेट्न अस्वीकार गर्दै फर्किए, डोनाल्ड ट्रम्पले पनि पाकिस्तान भ्रमण गरे रद्द

Share:

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची अमेरिकाका अधिकारीहरूसँग भेट नगरी शनिबार साँझ पाकिस्तानबाट स्वदेश फर्किएका छन्।

प्रतिनिधिमण्डलसहितको भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, सेना प्रमुख असिम मुनिर र अन्य अधिकारीहरूसँग भेटवार्ता गरे। रोयटर्सको रिपोर्टअनुसार अराघचीले पाकिस्तानलाई इरानका सर्त र अमेरिकाका मागप्रति आफ्नो आपत्ति पनि बुझाएका छन्।

इरानले अमेरिकासँग सिधै वार्ता गर्न अस्वीकार गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले भनेका छन्, ‘इरानले पाकिस्तानमार्फत मात्र अमेरिकालाई आफ्नो विचार राख्नेछ।’

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजदूत स्टिव विटकफ र ज्वाइँ जेरेड कुसनर पाकिस्तान जाने कार्यक्रम रद्द गरेका छन्। दुवै जना इरानसँग वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद जाने कार्यक्रम थियो।

फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘हामीलाई स्पष्ट फाइदा छ। इरान चाहन्छ भने हामीलाई फोन गर्न सक्छ, तर १८ घण्टाको हवाई यात्रा गरेर बेकारको कुरा गर्न हामी जाँदैनौँ।’

कमेन्ट गर्नुहोस्
Share: