ह्वाइटहाउसनजिकै चल्यो गोली, ट्रम्पलाई लगियो हतार हतार सुरक्षित स्थान

Share:

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प राजधानी वासिङ्टनस्थित ह्वाइट हाउसमा पत्रकारहरूसँग स्थानीय समयअनुसार शनिबार राति डिनर गरिरहेका बेला बाहिर गोली चलेको छ। बीबीसीका अनुसार त्यसपछि उनलाई हतार हतार बाहिर निकालेर सुरक्षित स्थानमा लगिएको छ। ट्रम्पले आक्रमणकारीलाई पक्राउ गरिएको बताएका छन्।

डिनर भइरहेको हलमाथिको लबी क्षेत्रमा गोली चलेको बताइएको छ। बाहिर गोली चल्दा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स हिल्टन होटलमा थिए। कार्यक्रममा राष्ट्रपति ट्रम्प, उनकी श्रीमती मेलानिया र उपराष्ट्रपति भान्सलगायत धेरै जना वरिष्ठ अधिकारी थिए। बाहिर गोली चलेपछि गुप्तचर सेवाले अतिथिहरूलाई टेबलमुनि बस्न भनेको थियो। त्यसपछि लगत्तै ठुलो संख्यामा हतियारधारी सुरक्षाकर्मीहरू आएर घटनास्थल घेराउ गरेका थिए।

घटनापछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वासिङटनमा आजको रात एकदमै व्यस्त थियो। सिक्रेट सर्भिस र कानुन प्रवर्तन एजेन्सीहरूले उत्कृष्ट काम गरे। उनीहरूले द्रुत गतिमा काम गरे। आक्रमणकारी पक्राउ परेको छ र म सुझाव दिन्छु, हामी कार्यक्रम जारी राखौँ।’

कमेन्ट गर्नुहोस्
Share: