पोखरा महानगरको भवन नियमितीकरण र अभिलेखीकरण सेवा सञ्चालन

Share:

पोखरा । पोखरा महानगरपालिकाले नगरवासीहरूको सुविधालाई मध्यनजर गर्दै भवन नियमितीकरण तथा अभिलेखीकरण सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

महानगरले वैशाख १२ गतेदेखि २१ गतेसम्म विशेष सेवा प्रदान गरिरहेको जानकारी दिएको हो।

सूचना अनुसार २००० वर्ग फिटसम्म प्लिन्थ क्षेत्रफल भएका तीन तल्लासम्मका घर तथा भवनहरूको नियमितीकरण सम्बन्धित वडा कार्यालयमार्फत गरिनेछ।

त्यस्तै, सोभन्दा बढी क्षेत्रफल वा तल्ला भएका घर तथा भवनहरूको काम महानगरको घर नक्सा तथा अभिलेखीकरण शाखाबाट हुने बताइएको छ।

यो सेवा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम १०२ तथा “पोखरा महानगरपालिकाको भवन नियमित तथा अभिलेखीकरण कार्यविधि, २०८० (दोस्रो संशोधन, २०८०)” अनुसार सञ्चालन गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले तोकिएको अवधिभित्र सेवा लिई आफ्नो भवनको अभिलेखीकरण तथा नियमितीकरण गर्न सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: