
पोखरा । जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रही वर्षौंदेखि फरार रहेका एक प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १३ वर्ष ८ महिना १० दिन कैद सजाय बाँकी रहेका हेमकुमार तामाङ २०७० माघ १२ गते कारागार कार्यालय कास्कीबाट फरार भएका थिए।
कास्कीको मादी गाउँपालिका-७ घर भई हाल पोखरा महानगरपालिका-१३ बाझपाटन बस्दै आएका ३२ वर्षीय तामाङलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले वैशाख १४ गते दुईकुलाको मुहान क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
