इरानसँग सम्झौतामा उल्लेखनीय प्रगति भएको ट्रम्पको दाबी, ‘प्रोजेक्ट फ्रिडम’ अभियान पनि स्थगित

Share:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका जहाजलाई मार्गदर्शन गर्ने ‘प्रोजेक्ट फ्रिडम’ अभियान केही समयका लागि स्थगित गरिने बताएका छन् । उनले इरानसँग सम्झौतामा उल्लेखनीय प्रगति भएको र पाकिस्तानको अनुरोधमा पारस्परिक सहमतिमा यस्तो निर्णय गरिएको बताएको बीबीसीले जनाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमले यसलाई आफ्नो विजयको रूपमा व्याख्या गर्दै ट्रम्प पछाडि हटेको दाबी गरेका छन् । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका-इजरायलको अपरेसन एपिक फ्युरी अभियान लक्ष्य पूरा भएसँगै समाप्त भएको बताएका छन् ।

अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी भने यथावत राख्ने जनाएको छ । यद्यपि, अभियान रोकिएपछि हर्मुज क्षेत्रमा जहाज आवागमन र विश्व व्यापारमा के प्रभाव पर्छ भन्ने स्पष्ट छैन ।

हालै होर्मुज क्षेत्रमा आक्रमण र तनाव बढेपछि अमेरिका–इरानबीचको युद्धविराम संकटमा पर्ने आशंका बढेको छ । इरानले भने अमेरिकाले नै समुद्री सुरक्षा र ऊर्जा आपूर्ति प्रभावित पारेको आरोप लगाएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने महत्त्वपूर्ण मार्ग हो । त्यहाँको तनावले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा प्रभाव परेको छ ।

कमेन्ट गर्नुहोस्
Share: