सृजना सेकेण्डरी स्कुलमा सदन विभाजन तथा क्याप्टेन चयन सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलमा शैक्षिक सत्र २०८३ का लागि सदन विभाजन तथा क्याप्टेन चयन कार्यक्रम सम्पन्न भएको छ । नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना माविको व्यवस्थापनमा वैशाख २५ गते शुक्रबार आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई हरियो, पहेँलो, रातो र निलो गरी चार सदनमा विभाजन गरिएको थियो ।

विद्यालयले वर्षभर सञ्चालन गर्ने विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रमअन्तर्गत हरियो सदनको क्याप्टेनमा कक्षा १० न्यूटनकी राजसी अधिकारी र भाइस क्याप्टेनमा कक्षा ९ आइन्स्टाइनकी सदीक्षा आचार्य चयन भएका छन् ।

त्यसैगरी पहेँलो सदनको क्याप्टेनमा कक्षा १० न्युटनकी सुस्मिता शर्मा तथा भाइस क्याप्टेनमा कक्षा ९ न्युटनका असल भण्डारी चयन भएका छन् । रातो सदनको क्याप्टेनमा कक्षा १० न्युटनकी निकिता अधिकारी र भाइस क्याप्टेनमा कक्षा ९ डार्विनकी सलिना रेग्मी चयन भएका छन् भने निलो सदनको क्याप्टेनमा कक्षा १० न्यूटनकी विद्या खड्का र भाइस क्याप्टेनमा कक्षा ९ न्यूटनका पल्लव तिवारी चयन भएका छन् ।

विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्यले शिक्षकहरूलाई समेत विभिन्न सदनमा संयोजकको जिम्मेवारी दिइएको थियो । जसअनुसार पहेँलो सदनको प्रमुखमा विष्णुप्रसाद सुवेदी, रातो सदनमा सन्तोष पौडेल, हरियो सदनमा आलम गिर खान तथा निलो सदनमा विश्वबन्धु काफ्ले चयन भएका थिए । कार्यक्रममा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरेले सदन प्रमुख तथा सहप्रमुख विद्यार्थीहरूलाई टीका लगाई सपथ ग्रहण गराउनुभएको थियो ।

त्यसैगरी शैक्षिक सत्र २०८३ का लागि स्कुल क्याप्टेनमा कक्षा १० न्युटनका आशिष पौडेल र स्कुल भाइस क्याप्टेनमा कक्षा ९ आइन्स्टाइनकी सुभेक्षा थापा चयन भएको जानकारी विद्यालयका शिक्षक सुरेन्द्र काफ्लेले दिए । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख गौतम तामाङले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: