प्राचीन परम्परालाई निरन्तरता दिँदै सामूहिक पूजा

Share:

पोखरा । बेगनास सिंचाई प्रणाली अन्तर्गत बेगनास सिंचाई जल उपभोक्ता समिति दुुई नम्बर शाखा अन्तर्गत आइतबार बाँधाको रहमा स्थानीय उपभोक्ताले सामुहिक पूजा गरेका छन् ।

शाखा अन्तर्गत बेगनास नहरबाट सिंचाई सेवा लिइरहेका उपभोक्ताले विगत एक सय वर्ष भन्दा अघिदेखि हरेक वर्ष बौद्ध पूर्णिमा या महत्वपूर्ण तिथिमिति पारेर यहाँस्थित भंगेर, काली नाग, सेती नाग र बनस्कन्धीको पूजाआजा गदै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको समितिका अध्यक्ष शिबबहादुर थापाले जानकारी दिए ।

नहरमा कुनै समस्या नआओस्, राम्रोसँग सिंचाई होस्, खेतीबाली राम्रो होस् भन्ने कामना सहित स्थानीय उपभोक्ताले प्रत्येक वर्ष सामुहिक पूजाआजा गर्दै आएका छन् ।

बेगनास सिंचाई प्रणाली अन्तर्गत विभिन्न पाँचवटा शाखा रहेको मूल समितिका अध्यक्ष राजु खत्रीले जानकारी दिए । यस वर्ष संघीय बजेट अन्तर्गतको करिब ५५ देखि ६० लाख रुपैयाँ लागतमा यहाँका पाँच वटै शाखामा आवश्यकता अनुसार मर्मतसम्भारका कामहरूअघि बढेको
उनले बताए ।

प्राचीन कालदेखि यहाँ गरिदै आएको सामुहिक पूजाको विशिष्ट महत्व रहेको समाजसेवी एवम् ज्येष्ठ सदस्य कृष्णप्रसाद अधिकारीले बताउँछन् ।

हाम्रा प्राचीन संस्कार तथा संस्कृतिको जगेर्नासँगै नयाँ पुुस्तामा हस्तान्तरण हुनुु आवश्यक रहेको दुई नम्बर शाखाका निवर्तमान अध्यक्ष विष्णुबहादुर बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
Share: