
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको भ्रमण टोली भारतको उत्तर प्रदेशस्थित अयोध्या पुगेको छ।
नयाँ दिल्लीमा विभिन्न राजनीतिक भेटघाट तथा कूटनीतिक संवाद सम्पन्न गरेपछि सभापति लामिछानेसहितको टोली अयोध्या प्रस्थान गरेको हो।
भ्रमणका क्रममा लामिछानेले अयोध्यास्थित नवनिर्मित राम मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। साथै, मन्दिर व्यवस्थापन तथा सम्बन्धित अधिकारीहरूसँग भेटघाट गर्ने तालिका पनि रहेको स्रोतले जनाएको छ।
रास्वपा नेतृत्वको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। यसअघि नयाँ दिल्लीमा सभापति लामिछानेले विभिन्न राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।
अयोध्या भ्रमणपछि टोलीको थप कार्यक्रमबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
