झारखण्डमा रेल र जीप ठोक्किँदा १३ जनाको मृत्यु

Share:

मंसिर २२ –

भारतको झारखण्डमा रेल र जीप ठोक्किँदा १३ जनाको ज्यान गएको छ । झारखण्डको राजगढ जिल्लाको भुरकुन्डा रेलवे स्टेशन नजिक रेलमा जीप ठोक्किँदा १३ जनाको ज्यान गएको हो । हावडा–भोपाल चल्ने रेलमा जीप ठोक्किएको हो ।

ज्यान जानेमा तीनदेखि पाँच वर्षसम्मका ६ जना बालबालिका, चार महिला तथा तीन जना पुरुष रहेको रामगढ प्रहरीले जनाएको छ । जीपलाई रेलवे लाइन पार गर्न लागेका बेला हावडा–भोपाल एक्सप्रेसको रेलले ठक्कर दिएको हो । घटना लगतै उद्दारको काम भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: