बस र जिप एकापसमा ठोकिंदा १० जना घाइते

Share:

पोखरा । पश्चिम बागलुङको गलकोट नगरपालिका वडा १ काफलठुटामा आइतबार बस र बोलेरो जिप एकापसमा ठोकिंदा १० जना घाइते भएका छन् ।

ढोरपाटनबाट पोखरा फर्किदै गरेको ग १ ख ७६३५ नम्बरको बस र बागलुङबाट गलकोटतर्फ जाँदैगरेको ध १ ज ७५४ नम्बरको जिप ठोकिंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक डम्बरबहादुर बोहराले जानकारी दिए ।

प्रहरी निरीक्षक बोहराका अनुसार जिपमा सवार चालकसहित ३ जना र बसमा सवार ७ जना घाइते भएका हुन् ।

उनीहरुमध्ये ७ जनाको इमरजेन्सी अस्पताल हटियामा र ३ जनाको पोखरामा उपचार हुँदैछ ।

दुर्घटनापछि अवरुद्ध सडक अहिले दुवैतर्फ खुल्ला भएको छ । घटनाको थप अनुसन्धान भइरहेको र चालक प्रहरीको नियन्त्रणमा रहेको हरिचौर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: