महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

164
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्रीको दाबीबाट पछि हटेका छन्। शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेखेर परराष्ट्रमन्त्री समेत रहेका खनालले आफू पार्टीको महामन्त्री पदको दाबीबाट पछि हटेको जानकारी गराएका हुन्।

‘सहमतिको चाहना लाई सम्मान गर्दै ‌,‌पहिलो ऐतिहासिक महाधिवेशन बाट प्राप्त उपलब्धिको संस्थागत विकास ‌ र पार्टीलाई थप सशक्त बनाउन मैले‌ दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु। यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु,’ उनले लेखेका छन्।

खनालले आगामी दिनमा पार्टीलाई थप बलियो बनाउने कुरामा आफ्नो भूमिका भने रहिरहने बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: